३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

बाँके दुर्घटनाः ज्यान गुमाउने १२ जनाकै सनाखत



काठमाडौं ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गएराति भएको सवारी दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ ।

सशस्त्र प्रहरी बल स्रोतले उपलब्ध गराएको विवरण अनुसार मृत्यु हुनेमा तिमबहादुर ओली, देउविर विक, बुद्धिराम विक, भिबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, रामकुमार पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का र पवन भण्डारी छन् ।

ज्यान गुमाउने अधिकांश रोल्पा र दाङका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिका–२, ठुरिया जंगलमा फोर्स गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।

भारतको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकालाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको गाडी करिब १२ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो ।

घटनास्थलको प्रकृति हेर्दा तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान सुरक्षा अधिकृतहरुले गरेका छन् ।

यसैबीच गृहमन्त्री रामबहादुर थापाले दुर्घटनाको विषयमा छानविन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ । उहाले घाइतेको उद्दार तथा उपचारमा कुनै कमी नगर्न पनि निर्देशन दिइएको बताएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७ सोमबार ००:००  ६ : ०६ बजे