मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा अति आवश्यक खाद्यान्न पसलसंगै निर्माण सामग्री बेच्ने व्यवसायलाई पनि अनूमति दिइएको छ । मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले पसल खोल्ने समयलाई फेरबदल गरेको छ । अब देखि अति आवश्यक खाद्यान्न तथा निर्माण सामग्री बेच्ने पसलहरु विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मात्र सञ्चालन हुने छन । यसभन्दा अगाडी यी पसलहरु विहान ७ देखि ९ बजेसम्म सञ्चालन हुँदै आएका थिए । सोमबार मात्र कपिलवस्तु उद्योग वाणिज्य संघले अति आवश्यक खाद्यान्न पसलहरु खुल्ने समय फेरबदल गर्न प्रशासनलाई सुझाव दिएको थियो ।
विहानमा पसल खोल्दा बढी भीडभाड देखिएकाले समय परिवर्तन गरी दिउँसो लगिएको स्रोतले जनाएको छ ।
यसैगरी अब देखि बैंकहरुले जोर र विजोर गरी ग्राहकलाई सेवा दिनुपर्ने भएको छ । प्रशासनका अनुसार सोमबार, बुधबार र शुक्रबार जोर खाता नं., आइतबार, मंगलबार र बुधबार वेजोर खाता नं.का ग्राहकलाई सेवा दिनुपर्ने छ ।
यस्तै प्रशासनले नदीजन्य पदार्थ उत्खनन गर्न अनूमती नदिए पनि खाटगद्दी गरी राखिएका नदीजन्य पदार्थलाई सञ्चालन गर्न अनूमती दिएको छ । यो निर्णय पूर्ववत हो ।
यो निर्णय मध्यरातबाट लागू हुने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।








प्रतिक्रिया