दाङ ।
दाङमा इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक मोहन बिक्रम केसीमाथि कुटपिट भएको छ ।
बिहीबार राति साढे १० बजे बाबुछोरा मापसे गरी होहोल्ला गर्दै आएका बेला प्रहरी निरीक्षक केसीले सम्झाउन खोजेका थिए । त्यसपछि केसीमाथि ढुङ्गा हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार इन्स्पेक्टर केसीको टाउकोमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पतालमा तुलसीपुरमा उपचार भइरहेको छ ।
प्रहरीले हातपात गरेको आरोपमा बबई गाउँपालिका–६ का ४५ वर्षीय चित्रबहादुर डाङ्गी र उनका छोरा २७ वर्षीय हेमलाल डाङ्गीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान थालेको छ ।







प्रतिक्रिया