२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

अन्ततः बाँकेमा लकडाउनमा थप कडाई, उल्टियो पसलहरु खोल्ने निर्णय



बाँके ।
बाँके प्रशासनले जेठ १९ गते पसल, व्यवसाय खोल्न दिने गरी गरेको निर्णय रद्द गर्दै ‘लकडाउन’लाई थप कडाइ गर्ने निर्णय गरेको छ ।

रामबहादुर कुरुम्वाङ प्रमुख जिल्ला अधिकारी बनेर आएलगत्तै डेढ हप्ताकोबीचमा लकडाउनका विषयमा तीनओटा सूचना प्रशासनले जारी गरेको हो ।

जेठ १४, १९ र शुक्रबार २३ गते गरी तीनओटा सूचना जारी गरिएको हो । तीनओटै सूचना एकपछि अर्कोलाई काट्ने गरी जारी भएका हुन् ।

राजनीतिक दल, उद्योगी–व्यवसायी सम्मिलित सर्वदलीय तथा सर्वपक्षीय बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेकोमा यो सूचनासँगै उक्त निर्णय पनि खारेज भएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७ शुक्रबार ००:००  ७ : १४ बजे