२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

बाँकेका १२ जना कोरोना संक्रमणबाट मुक्त



बाँके ।
बाँकेको नरैनापुर गाउँपालिकाका १२ जना कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भइ शुक्रबार घर फिर्ता भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेशमान श्रेष्ठका अनुसार लायन्स डेन्टल अस्पताल नेपालगञ्जमा रहेका नरैनापुरका २३ जनामध्ये १२ जना कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज भएका हुन् ।

बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ५५ छ, जसमा एक जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । जसमध्ये ४१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७ शनिबार ००:००  ६ : ११ बजे