विष्णु कुमार, आले अर्घाखाँची ।
जिल्लाको छत्रदेव गाउँपालिकाका एक जनाको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । छत्रदेव वडा नम्बर ५ को स्वास्थ्य चौकिमा क्वारेन्टाईनमा बसेका ४९ बर्षीय एक जना पुरूषमा शनिबार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर कपिल गौतमले बताए ।
छत्रगन्ज स्वास्थ्य चौकिमा क्वारेन्टाइनमा बसेका संक्रमित व्यक्ति जेठ १० गते भारतबाट आएका थिए । भुमिकास्थान ढिकुराका ३५ बर्षीय एक युवकको कोरनाकै कारण भारतको लखनउमा मृत्यु भैसकेका युवकसँगै बसमा आएका थिए । यस अघि पालीका २ जना र शीतगंगाका १ जनामा कोरोना देखिएको छ ।
कोरोनाका कारण मृत्यु भएका युवक सगै भारतबाट अन्य ८० जना जिल्ला भित्रिएका थिए । उनीहरू बिभिन्न क्वारेन्टाइनमा बसेका छन् । पिसीआरका लागि स्वाव पठाईएको व्यक्तिहरूको रिपोर्ट अझै आएको छैन ।







प्रतिक्रिया