२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

देशभरका मालपोत कार्यालय खुल्ला गर्न विभागको निर्देशन



काठमाडौं ।
भोलि आइतबारदेखि मालपोत कार्यालय खुल्ने भएका छन् । कोरोना रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण बन्द रहेका सबै मालपोत कार्यालय भोलि आइतबारदेखि खोल्न भूमि व्यवस्था तथा अभिलेख विभागले पत्र पठाएको छ । साढे २ महिनादेखि कार्यालय बन्द हुँदा मालपोत सम्बन्धी काम भएका छैनन् ।

विभागले आइतबारदेखि कार्यालय प्रमुख र कर्मचारी अनिवार्य रुपमा उपस्थित हुनुपर्ने र सुरक्षाका उपाय अपनाएर आन्तरिक प्रशासनिक तथा अन्य अत्यावश्यक काम सुरु गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७ शनिबार ००:००  ३ : ४१ बजे