मायादेवी अनलाइन, चार नम्बर ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले स्थानीय तहको अधिकार हनन् गरेको नेपाली कांग्रेस कपिलवस्तुले ठहर गरेको छ । तौलिहवामा रहेको साविक महिला विकास कार्यालयको भवनलाई प्रशासनले जवरजस्ती आइसोलेशन निर्माण गरेको माथि कांग्रेसले अधिकार हनन गरेको ठहर गरेको हो ।
शनिबार बसेको कांग्रेस कपिलवस्तु कार्यसमितिको भर्चुअल बैठक मार्फत यो कार्यको विरोध गरिएको छ । महिला विकास कार्यालयको भवन कपिलवस्तु नगरपालिकाको स्वामित्वमा रहेपछि नगरपालिकाले जिल्लामा कार्यरत गैर सरकारी संस्थालाई ३ वर्षे भाडामा दिएर सम्झौता गरेको थियो । त्यस्तै केही कोठा नगरपालिकाले आफ्नो कर्मचारी निवास र जिन्सी फाँट बनाएको छ ।
तर, जिल्ला प्रशासन कार्यालयले आइसोलेशन बनाउने निर्णय गरेपछि कपिलवस्तु नगरपालिकाले उक्त भवनमा आइसोलेशन नवनाउन जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको नगर प्रमुख किरण सिंहले जनाएका थिए ।
नगरपालिकाले आइसोलेशन र क्वारेनटाइन बनाउने जस्ता काम गरिरहेको र जवरजस्ती कार्यालय कब्जा गरेको भन्दै आपक्ती जनाएको थियो ।
सो विषयमा नेपाली कांग्रेस कपिलवस्तुले जन निर्वाचित संस्था माथि ठाडो हस्तक्षेप गरेको प्रति खेद प्रकट गरेको छ । सरकार संचालन र संघीयतामा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका आफ्ना आफ्ना क्षेत्रअधिकार हुँदा हुँदै सत्ताको आडमा उक्त कार्य गर्नु अधिकार हनन् भएको भन्दै यस्ता कार्य दोर्याएकोखण्डमा लक डाउन तोडेर भएपनि प्रमुख जिल्ला अधिकारी र प्रशासन विरुद्ध आन्दोलनमा उत्रिने पार्टी सभापति सुरेन्द्रराज आर्चायले बताएका छन् ।
नरपालिकाले विभिन्न स्थानमा भवन दिने तथा सहयोग गर्ने र आफ्नो दायित्व अनुसार काम गर्दा गर्दै प्रशासनले पालिकालाई हस्तक्षेप गर्नु अन्याय भएको आचार्यले बताएका छन् ।
उता प्रशासनले भने महामारी तथा संक्रामक रोग विरुद्धको ऐन प्रयोग गरी साविक महिला विकास कार्यालयको भवनलाई आइसोलेशन निर्माण गरिएको जनाएको छ ।
कोरोना भाइरसको प्रकोपको बेला जिल्लामा विउ तथा मलखाद नपाउँदा किसानहरु मारमा परेको हुँदा स्थानीय प्रशासन तथा सरकारलाई तत्काल विउ तथा मलखादको सहज आपूर्ती गर्ने माग गर्ने निर्णय समेत भएको आर्चायले बताएका छन् ।
त्यस्तै जिल्ला कार्य समिति सदस्य ओम प्रकाश गुप्ताका पिता गया प्रसाद गुप्ताको निधन प्रति समवेदना समेत प्रकट गरेको नेपाली कांग्रेस कपिलवस्तका सदस्य प्रकाश घिमिरेले बताएका छन् ।







प्रतिक्रिया