२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

रोल्पामा पनि पुग्यो कोरोना, तीन जनामा संक्रमण पुष्टि



रोल्पा ।
रोल्पामा पहिलो पटक कोरोना पुष्टि भएको छ । प्रदेश नं ५ को रोल्पामा अहिलेसम्म कोरोना पोजिटिभ देखिएको थिएन । रोल्पा नगरपालिका ६ सुलीचौरका एकजना, सुलील स्मृती गाउँपालिकाका दुईजनामा कोरोना पोजिटिभ देखिएको छ ।

भेरी अस्पतालको प्रगोगशालामा गरिएको परीक्षणमा दुईजना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा एकजना गरी तीनजनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल रोल्पाले बताएको छ ।

कोरोना संक्रमण भएका २०,२२ र २७ वर्षका पुरुष हुन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७ आइतबार ००:००  ४ : ०४ बजे