२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

दाङमा खैरो हेरोइनसहित दुई जना पक्राउ



दाङ ।
१४ ग्राम १० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुरका श्रीबहादुर रावत र बाँके बैजनाथका सुरज शाही रहेका छन् ।

भे २ प २७४ नम्बरको मोटरसाइकलमा लागू औषध लिएर आउदै गरेको अवस्थामा दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं १३ दमारगाउँमा रहेको अस्थायी प्रहरी चेकपोष्टले नियन्त्रणमा लिएको हो ।

शनिबार बेलुका अमेलिया तर्फबाट तुल्सीपुर आउँदै गरेको मोटरसाइल जाँच गर्दा मोटरसाइकलको सिटमुनी र उनीहरुले लगाएको भित्रि वस्त्रमा लुकाइ ल्याएको अवस्थामा खैरो हेरोइन बरामद गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ ।

उनीहरुले खैरो हेरोइन ओसारपासारमा प्रयोग गरेको भे २ प २७४ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७ आइतबार ००:००  २ : २३ बजे