२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

परिमार्जन नगरी एमसीसी पास हुनै सक्दैनः खनाल



काठमाण्डौँ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले यथास्थितिमा अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित नहुने बताउनु भएको छ । आइतबार संचारकर्मीसंग बोल्दै खनालले परिमार्जन नभए एमसिसी पारित हुनै नसक्ने दाबी गरे। अब बस्ने सचिवालय बैठकको एजेन्डा एमसिसी नै हुन्छ होला। त्यो बैठकले एमसिसीबारे सम्भवतः अन्तिम निर्णय लिन्छ, उहाँले भन्नुभयो, जसले जे भने पनि एमसिसी अहिलेकै अवस्थामा पारित हुन हामी दिँदैनौं । नेकपा सचिवालय बैठक भोली दिउसो ४ बजे बस्दैछ।

वरिष्ठ नेता खनालको संयोजकत्वमा एमसिसीबारे अध्ययन गर्न नेकपाले कार्यदल गठन गरेको थियो। कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री एवम् अर्का स्थायी समिति सदस्य प्रदीप ज्ञवाली सदस्य हुनहुन्छ । खनाल नेतृत्वको कार्यदलले एमसिसीलाई परिमार्जन नगरी पारित गर्न नहुने सुझाव प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ।

कार्यदलको प्रतिवेदनमा परराष्ट्र मन्त्री ज्ञवालीले १५ बुँदे फरक मत राख्नु भएको छ । एक साताअघि नेकपा सचिवालय सदस्यहरूले र कार्यदलका सदस्य र अर्थमन्त्री युवराज खतिवडासँग छलफल गर्नु भएको थियो । छलफलमा प्रधानमन्त्री ओलीले पार्टी निर्णयअनुसार मात्रै एमसिसी परियोजना अगाडि बढाउने बताएका थिए।

प्रकाशित मिति : २५ जेष्ठ २०७७ आइतबार ००:००  ५ : २७ बजे