२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

दाङमा उपचाररत संक्रमितलाई कोरोना पोजिटिभ रिपोर्टमै घर पठाइयो



दाङ ।
दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत पाँचजना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । उनीहरुको रिपोट पोजिटिभ देखिएकै अवस्थामा डिस्जार्च गरिएको हो । भने ५ जना नेगेटिभ रिपोर्ट आए पछि डिस्चार्ज भएका छन् ।

बाँकेको नरैनापुर गाउँपालिकाका ३ र बर्दियाका एक जना र दाङको एक जनाको रिपोर्ट नेगेटिभ आएको बेलझुण्डी कोरोना विषेश अस्पतालका मेसु डा‍ सर्वेश शर्माले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार अस्पतालका १४ दिन भन्दा बढी बसेका र कुनैपनि लक्षण नदेखिए रिपोर्ट पोजिटिभ नै रहे पनि घर पढान सकने निर्देश भए अनुसार दाङका ५ जनालाई डिस्चार्ज गरिएको मेसु सर्वेस शर्माले जानकारी दिए ।

मन्त्रालयले जेठ २० गते जारी गरेको निर्देशनमा आइसोलेनमा १४ दिनभन्दा बढी समय बस्दै आएका तर कुनै पनि लक्षण नभएका व्यक्तिलाई डिस्चार्ज गर्न निर्देशिका जारी गरेको छ ।

कुनै लक्षण नभएका तर आइसोलेसनमा बसेका बिरामीबाट अरूमा कोरोनाभाइरस सर्न सक्दैन भन्ने मान्यता अनुरूप स्वास्थ्य मन्त्रालयले त्यस्तो निर्देशिका जारी गरेको शर्माले भने । कोरोना पोजिटिभ देखिएर पनि घर जानेहरुमा बाँके नरैनापुरका ३ जना, दाङको १ जना र बर्दियाको १ जना रहेका छन् ।

अस्पतालबाट बाँकेका ५, बर्दियाका १, कपिलवस्तुका २ र दाङका २ जना आइतबार डिस्चार्ज भएको अस्पतालमा मेसु शर्माले बताए । दाङको घोराही उपमहानगरपालिका र गढवा गाउँपालिकाका १/१ जना रहेका छन।

रिपोर्ट अनुसार डिस्चार्ज हुनेमध्ये दाङको घोराही उपमहानगरपालिका ३ का ३७ वर्षीय युवा कोरोनामुक्त छन् । गढवाका सक्रमणमै घर गउका छन् । उनीहरु सबै जना १४ देखि २१ दिन पहिले उपचारका लागि अस्पताल आएका थिए ।

डिस्चार्ज गरिएका सबैका अस्पताल बस्दासम्म कुनै लक्षण नदेखिएका अस्पतालका व्यवस्थापक दोर्ण ओलीले बताए । अब अस्पतालमा ५४ जना रहेका छन ।

पोजिटिभ देखिएर घर पठाइएकाहरुको स्वास्थ्यमा कुनै समस्या भएमा अस्पताल आउने गरि व्यवस्था मिलाइएको छ ।

अन्नपूर्ण पोस्ट्बाट

प्रकाशित मिति : २५ जेष्ठ २०७७ आइतबार ००:००  ८ : १५ बजे