२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

कोरोना संक्रमित बढेपछि अर्घाखाँचीका सरोकारवालाले भनेः आइसोलेशनको क्षमता बढाऔं



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीमा कोरोना संक्रमितका बिरामी बढेसँगै सन्धिखर्कको हटारीमा निर्माण गरिएको ४० बेड आइसोलेशनले बिरामीको चाँपलाई धान्न नसक्ने सरोकारवालाले बताएका छन् ।

सोमबार मात्र ३१ जना कोरोना सक्रमित बिरामी थपिए पछि आइसोलेशनमा ३५ जना कोरोनाका बिरामी रहने छन् । यसरी सोमबार जस्तै आगामी दिनमा कोरोनाका बिरामी बढे भने जिल्लामा राखेर उपचार गर्न नसकिने भन्दै आइसोलेशनको दायरा बढाउनु पर्नेमा जोड दिएका हुन् ।

चिकित्सक सहितको स्वास्थ्यकर्मी भएका पालिकाहरूमा आइसोलेशन निर्माण गर्नु पर्ने आवश्यक देखिएको छ । सोमबार पुष्टि भएका कोरोनाका बिरामीहरूलाई अहिले हटारीमा रहेको आइसोलेशनमा ल्याउने कार्य भैरहेको छ । कोरोनाका बिरामी बढ्न थालेपछि सबै सचेत भई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेनटाइनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु सन्धिखर्क नगरपालिकाको वडा नम्बर ७ को आदर्श माबि, चन्द्र प्रभा माबि खाँचिकोट, विध्या बिनायक आधारभुत बिधालय नरपानी र भृकुटी आधारभुत बिधालयको क्वारेन्टाइनमा बसेका २९, ४७, २८, ३२, २४, २९ , ३०, ५०,३४, २५, २१, २०, २५, २२, १८,३०, ४३, ३५, १८, ४२, २०, ३६, ३७ , ३६, ३६, ४० , ५० बर्षीय पुरूष रहेका छन् । यस्तै १८ र २० बर्षीया २ महिलालाई कोरोना पुष्टि भएको हो ।

यस्तै शितगंगा नगरपालिकाको वडा नम्बर १० जनजागृती माबिको क्वारेन्टाइनमा बसेका १८ बर्षीय एक जना पुरूषलाई पनि कोरोना पुष्टि भएको छ । यस्तै पाणिनी अडगुरी शिबमदन माबिमा क्वारेन्टाइनमा बसेका २० बर्षीय पुरूषको कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका सुचना अधिकृत बिजय बिकले जानकारी दिए । यससंगै सन्धिखर्क नगरपालिकाका उप-प्रमुखलाई पनि कोरोना देखिएको छ ।

यसअघि जिल्लाका शितगंगा नगरपालिकाको ठाडाको ज्योति माविको क्वारेन्टाइन बसेका ३६ वर्षीय पुरुष र पाणिनी गाउँपालिकाको ८ पालिका कमला माविमा रहेका दुईजनामा कोरोना संक्रमण देखिएको हो । उनीहरुको सन्धिखर्कस्थित हटारीको आइसोलेशनमा उपचार भइरहेको छ ।

गत जेठ १० गते भूमिकास्थान नगरपालिका–९ का ३४ वर्षीय कृष्णबहादुर गैरेको नेपाल आउने क्रममा भारतको लखनउमा मृत्यु भएको थियो र उनको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ पुष्टि भएको थियो ।

पिसीआर पोजेटिभ देखिएका मृतक गैरे सगै भारतबाट आएका हुन् । अर्घाखाँचीमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भैसकेको छ । कोरोना सक्रमितको संख्या अर्घाखाँचीमा ३६ जना पुगेको छ । भारतबाट आएका अन्यको पिसीआर रिपोर्ट आईसकेको तर सार्वजनिक नभएको बुझिएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७ सोमबार ००:००  ४ : ५४ बजे