बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीका बिभिन्न पालिकामा क्वारेन्टाइनमा बसेकाहरूको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
भूमिकास्थान नगरपालिका ९ ढिकुरा चरेपानीका कोरोना संक्रमित मृतक ३४ बर्षीय ईन्द्र प्रसाद गैरै (कृष्ण) संगै जेठ १० गते भारतबाट आएका ४४ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
भारतको गुजरातबाट बसमा आउँदै गर्दा भारतको लखनउमा कोरोनाकै कारण गैरेको मृत्यु भएको थियो । उनको मृत्यु पश्यात स्वाब परिक्षण गर्दा पोजेटिभ आएको थियो ।
शीतगंगा ५ र १३ वडाका १० जना, मालारानी ४ का ३ जना, सन्धिखर्क १ का २ जना, भूमिकास्थान १० का १ जना र भूमिकास्थान ९ का २८ जना गरि ४४ जनाको मंगलबार पिसीआर रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालयको बरिष्ठ अधिकृत पुष्पा थापामगरले जानकारी दिईन् ।
यहि जेठ २० गते पिसीआर जाँचका लागि स्वाव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पठाईएको थियो । सोमबार जिल्लामा जनप्रतिनिधि सहित ३१ जनाको पिसीआर रिपोर्ट पोजेटिभ आएको थियो । अन्य २३ जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।







प्रतिक्रिया