२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मनसुन भित्रन अझै केही दिन लाग्ने, निम्न चापीय प्रणालीको प्रभाव भने कायमै



काठमाडौं ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जनाएको छ ।

नेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेकाले आज पनि मुलुकका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले प्रदेश ५, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ का सबै भू भागहरु लगायत प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू भागहरुमा र प्रदेश २ का पश्चिम तिरका भू-भागहरुमा सामान्य बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दैनिकजसो वर्षा भए पनि नेपालमा अहिल्यै मनसुन भने भित्रिएको छैन । सामान्यतया नेपालको पूर्वी भू-भागमा आजकै दिन अर्थात् जुन १० मा मनसुन सुरु हुने भएता पनि यस वर्ष नेपालमा मनसुन शुरु हुन अझ केहि दिन लाग्ने महाशाखाले प्रष्ट्याएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७ बुधबार ००:००  ८ : १२ बजे