ताैलिहवा ।
कपिलवस्तु जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहको खोजी कार्य गरेकाे कपिलवस्तु प्रहरीले जनाएकाे छ ।
कृष्णनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रितेश शर्माले दिएको जाहेरीका आधारमा ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा जिल्ला अदालत कपिलवस्तुले अभिषेक प्रताप शाह र रजत प्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
बिहिबार अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै प्रहरी टोली शाहद्वय बसोबास गर्ने कृष्णनगर क्षेत्रमा पुगेर खोजी कार्य गरेको जनाएको छ। जाहेरीका आधारमा अदालतबाट पक्राउ गर्ने आदेश प्राप्त भएपछि दुवै जनाको खोजी सुरु गरिएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारीसमेत रहेका सिंहका अनुसार पक्राउ पुर्जी जारी भएका दुवै आरोपितलाई प्रहरीले खोजिरहेको छ। प्रहरीले उनीहरूको सम्भावित स्थानहरूमा निगरानी बढाएर खोजी कार्यलाई निरन्तरता दिएको जनाएको छ।
समाचार संग सम्बन्धित लिंक https://www.mayadevionline.com/2026/07/172585







प्रतिक्रिया