९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

बेलझुण्डी अस्पतालबाट ७ जना संक्रमित डिस्चार्ज



दाङ ।
दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट दाङका ७ जना डिस्चार्ज भएका छन् । घोराही उपमहानगर र लमही नगरपालिकाका गरी ७ जना डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

घोराही १० का ४० वर्षीय पुरुष, घोराही १८ का २४ र २५ बर्षीय पुरुष र लमही १ का २६ वर्षीय पुरुष, लमही ४ का २६ वर्षीय पुरुष, लमही ५ की २० बर्षीय महिला र लमही ६ का १८ वर्षीय पुरुषलाई आज बुधबार करिब साढे १२ बजेतिर डिस्चार्ज गरेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए ।

उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको समेत उनले बताए । ‘स्वास्थ्य मन्त्रालयले निर्देशिका जारी गरेको दिन उहाँहरुको स्वाब संकलन गरिएको थियो,’उनले भने, ‘उहाँहरूको रिपोर्ट नेगेटिभ आएपछि ग्रीन जोनमा राखिएको थियो, तर उहाँहरु अस्पताल आएको आज १४ दिन पुगेपछि डिस्चार्ज गरिएको हो ।’

अहिले अस्पतालमा पूर्व रुकुमका ३ जना, प्युठानका १ जना र दाङका ३३ जना कोरोना संक्रमित रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको व्यवस्थापक वलीले बताए । योसँगै अस्पतालबाट ३२ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७ बुधबार ००:००  ३ : ३२ बजे