२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

सरिता गिरीको संशोधन अस्वीकृत



काठमाडौं ।
सरकारले संसदमा पेश गरेको संविधान दोश्रो संशोधन विधेयकमाथि सांसद सरिता गिरीले राखेको प्रस्ताव समाभुख अग्निप्रसाद सापकोटाले खारेज गरिदिनुभएको छ ।

सरकारले लिपुलेक लिम्पियाधुरा र कालापानी समेटेर जारी गरेको नयाँ नक्सा नेपालको निशान छापमा समेट्न सरकारले पेश गरेको अध्यादेशको विरोधमा सांसद गिरीले संसदमा दर्ता गराएको अर्को प्रस्ताव सभामुख सापकोटाले खारेज गरिदिनुभएको हो ।

आजको बैठकमा सभामुख सापकोटाले संसद नियमावलीको ११२ नम्बर बुँदामा रहेको संशोधन सम्बन्धि शर्त पूरा नभएकाले सांसद गिरीको विधेयक अस्विकृत गरेको रुलिङ्ग गर्नुभयो । अहिले सरकारले पेश गरेको विधेयकमाथि दफावार छलफल भइरहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७ शनिबार ००:००  १ : ५० बजे