२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

संशोधन प्रस्ताव अस्वीकृत भएपछि संसद बैठक छाडेर बाहिरिइन् गिरी



काठमाडौं ।
समाजवादी पार्टीकी सांसद सरिता गिरीले प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएकी छन् । सभामुख अग्नि सापकोटाले नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन अस्वीकृत भएको घोषणा गरेलगत्तै उनी बैठकबाट बाहिरिएकी हुन् ।

गिरीले संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गराएकी थिइन् । सभामुख सापकोटाले बैठकमा गिरीलाई बोल्न दिन खोजेका थिए । तर सांसदहरूले होहल्ला गरेका थिए । होहल्लापछि सभामुखले रुलिङबारे जानकारी गराएका थिए ।

समाजवादी पार्टीले सांसदहरूलाई संविधान संशोधनको पक्षमा उभिन ह्विप जारी गरेको छ । तर उनले ह्विप नमान्ने बताइसकेकी छिन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७ शनिबार ००:००  ३ : ३६ बजे