२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

कपिलवस्तुमा थप २९ जनामा कोरोना संक्रमण



राम प्रघट कोरी, विजयनगर ।
कपिलवस्तुमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा संक्रमित संख्या ६ सय ३४ पुगेको स्वास्थ्य कार्यलय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाले जानकारी दिनुभएको छ ।

जिल्लाको मायादेवी गाउँपालिकाका १४ जना, महराजगन्ज नगरपालिकाका ४ जना, कपिलवस्तु नगरपालिकाका ४ जना, शुद्धोधन गाउँपालिकाका २ तथा विजयनगर गाउँपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसरी विजयनगर गाउँपालिकामा कोरोना पुष्टि हुने वडा नं. १ का १ जना, वडा नं. २ का १ जना, वडा नं. ३ का १ जना, वडा नं. ४ का १ जना र वडा नं. ५ का १ जना गरी ५ जना रहेका छन् । यससँगै विजयनगरमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । जसमा १३ जना निको भएर घर फर्केका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७ शनिबार ००:००  ३ : ५० बजे