काठमाडौं ।
लकडाउन खुकुलो बनाएर शुक्रबारबाट देशभर मोटरसाइकल र निजी सवारीमा जोररबिजोर प्रणाली लागू भएपछि यसको सर्वत्र विरोध भइरहेको छ। सरकारको यो नियमलाई कतिपयले ’जोक’ का रुपमा पनि ग्रहण गरिरहेका छन्।
लकडाउनका बेला केही खुकुलो पार्न २ पाङ्ग्रे मोटरसाइकलमा एकजना मात्र चढ्न पाइने तर कारमा भने २ भन्दा बढी चढ्न पाइने भएपछि विभेद भएको प्रतिक्रिया दिएका छन्। कीर्तिपुरमा भेटिएका सरोज शाक्यले यो नीति विभेदकारी रहेको बताए।
सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले २ पाङ्ग्रेमा मोटरसाइकलमा १ जना चढ्न पाउने भए श्रीमतीका लागि नयाँ सवारी किन्न आवश्यक रहेको भन्दै ठट्टा गरे।सरकारको यो नियमले कतिपय कर्मचारी तथा बिरामीका लागि अप्ठेरो महसुस हुने पक्कापक्की छ। महानगरीय ट्राफिक महाशाखाले भने सरकारको आदेश पालना गरेको जनाएको छ।
महाशाखा प्रमुख भीमप्रसाद ढकालले सरकारले गरेको निर्णय पूर्णरूपले कार्यान्वयन गरिएको बताउनु भयो । उहाँले बिरामी तथा आपतकालीन अवस्थामा दुईजना चढ्नेलाई उनीहरूको समस्या हेरेर हिँड्न दिएको बताउनु भयो । आइतबार १ बजेसम्म महाशाखाले ४ सय ४० मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। सर्वसाधारणले कम्तिमा पनि श्रीमान् श्रीमतीलाई हिँड्न दिनु पर्ने बताउँछन् ।







प्रतिक्रिया