१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

यातायात समितिहरुको बिवादले बस अनियमित हुँदा तौलिहवा– भैरहवा हिड्ने यात्रुहरु सास्तीमा



कपिलवस्तु ।

कपिलवस्तुको तौलिहवामा ३ यातायात ब्यवसायी प्रालि बीच आपसमा बिवाद भएपछि तौलिहवा– भैरहवा सडकमा चल्ने सवारी साधन नियमित नहुँदा यात्रुहरु मर्कामा परेका छन ।

चार दिन अघि देखि पश्चिम नेपाल बस ब्यवसायी समितिले तौलिहवा देखि काठमाण्डौका लागि बिहान साढे ८ बजेदेखि दैनिक इभी चलाउने निर्णय गरे पछि तीन यातायात ब्यवसायी बीच बिवाद बढेको हो ।

प्राचिन कपिलवस्तु यातायात प्रालिले सो इभीका कारण आफूहरु मर्कामा पर्ने भन्दै इभी चल्न रोक लगाएका छन । सोही कारणले पश्चिम नेपाल, सिद्धार्थ यातायाता र प्राचिन कपिलवस्तु यातायात प्रालिका बसहरु तौलिहवा–भैरहवा रुटमा अनियमित बनेका छन ।

ब्यवसायी रन्जित बर्माले तौलेश्वरनाथको नामले दैनिक तौलिहवा– काठमाण्डौका लागि बिहानी सेवाका रुपमा इभी संचालनमा ल्याएका छन ।

सो रुटमा इभी चलाउने दिन देखि नै ब्यवासायी बीच बिवाद बढेको हो ।

सो बिवाद पछि प्राचिन कपिलवस्तु यातायात प्रालिले तौलिहवा बस पार्कमा पश्चिम र सिद्धार्थ यातायातको बस चल्न दिएको छैनन् भने पश्चिम यातायात र सिद्धार्थ यातायातले भैरहवामा प्राचिन कपिलवस्तु यातायात बस चलाउन रोक लगाएका छन्। जसले गर्दा बसहरु सो रुटमा अनियमित बनेको छ । उनीहरूको आपसी विवादले यात्रु मर्कामा परेका हुन ।

पहिला एक घण्टा २५ मिनेट गाडी हिड्थ्यो तर अहिले आधी घण्टादेखि ४० मिनेटमा मात्रै हिँड्ने गरेको यात्रुहरुको गुनासो छ । १ घण्टा २५ मिनेट पुग्ने सयम सीमा ताोकिएकोमा अहिले भने ३ घन्टा बढीे सयम लाग्ने गरेको यात्रुहरुको गुनासो छ ।

बस ब्यवासयीहरुको बिवादले आफूहरुले अनाहकमा दुःख पाउनु परेको सो क्षेत्रको यात्रीहरुको गुनासो छ । प्रजिअ जर्नादन गौतमले बिवाद समाधान गर्न प्रहरीलाई निर्देशन दिएको बताए ।

प्रकाशित मिति : २२ असार २०८३ सोमबार ००:००  ५ : ५८ बजे