२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

अर्घाखाँची दश महिने बालकमा पनि कोरोना देखियो, संक्रमितको संख्या ५९ पुग्यो



विष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीमा थप १५ जनामा कोरोना पुष्टि भएको छ । योसंगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ५९ जना पुगेको छ । जिल्लाको शीतगंगा नगरपालिकामा ७ जना, छत्रदेव गाउँपालिकामा २ जना, मालारानी गाउँपालिकामा ३ जना, पाणिनी गाउँपालिकामा १ जना र ठेगाना नखुलेका ४३ बर्षीय पुरूषमा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापामगरले जानकारी दिईन् ।

जिल्लाको शीतगंगा २ सरस्वती माबि सितापुर क्वारेन्टाइनमा बसेका १० महिनाका बालकसहित २०, ४०, ३०,२४, १८ बर्षका ६ जना पुरूष र ३३ बर्षीया १ जना महिला, मालारानी गाउँपालिका ४ जालकाँडा आधारभुत बिधद्यालयको क्वारेन्टाइनमा बसेका २२ र १४ बर्षीय २ जना पुरूष र वडा नम्बर ४ कै मुक्ति आधारभुत बिद्यालयको क्वारेन्टाइनमा बसेका ३१ बर्षीय १ जना पुरूष, छत्रदेव गाउँपालिका ५ को जनजागृती आधारभुत बिद्यालयको क्वारेन्टाइनमा बसेका ३६ बर्षीय १ जना पुरूष र वडा नम्बर ७ को सरस्वती माबिको क्वारेन्टाइनमा बसेका ४० बर्षीय १ जना पुरूष रहेका छन् ।

यस्तै भूमिकास्थान १ को बालशिक्षा आधारभुत बिद्यालयको क्वारेन्टाइनमा बसेका २४ बर्षीय १ जना पुरूष र पाणिनी ३ खिदिम फर्सुवाटाकुरा माबिको क्वारेन्टाइनमा बसेका ३३ बर्षीय १ जना पुरूष गरी १५ जना थप भएको जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी बिजय बिकले बताए ।

जिल्लाको सन्धिखर्क नगरपालिकामा २९ जना, शीतगंगा नगरपालिकामा १० जना, भूमिकास्थान नगरपालिकामा ७ जना, मालारानी गाउँपालिकामा ४ जना, पाणिनी गाउँपालिकामा, ५ जना, छत्रदेव गाउँपालिकामा ३ जना र ठेगाना नखुलेका ४३ बर्षीय १ जना पुरूषमा कोरोना पुष्टि भए सगै जिल्लामा ५९ जना संक्रमित पुगेका हुन् । अर्घाखाँचीमा कोरोना संक्रमितबाट २ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २ असार २०७७ मंगलबार ००:००  १० : २४ बजे