२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

गुल्मीका थप एकजना डिस्चार्ज



गुल्मी ।
गुल्मीमा १ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० का २६ वर्षका युवक कोरोना संक्रमण मुक्त भएर घर फर्किएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।

भारतबाट आएका उनमा गत जेठ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई जिल्ला सदरमुकाम तम्घासमा रहेको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । २ पटकसम्म गरिएको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य संयोजक अर्यालले बताए ।

गुल्मी जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ५९ छ । संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमणबाट जना २ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ४ असार २०७७ बिहिबार ००:००  १२ : ५२ बजे