मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तको वाणगंगा नगरपालिकाले शुक्रबार (आज) आफ्नो नीति तथा कार्यक्रम नगरसभामा पेश गर्ने भएको छ । दिउँसो १ बजे सातौं नगरसभामा आव ०७७/०७८ को नीति तथा कार्यक्रम पेश हुन थालेको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले मायादेवीलाई जानकारी दिनुभयो ।
आगामी १० गते बजेट ल्याउँदै गरेको वाणगंगा नगरपालिकाले ५ बटा सुचक बनाएर यो बर्षको नीति कार्यक्रम ल्याउने जनाइएको छ ।
नगर प्रवक्ता पौडेलले आर्थिक विकास, सामाजिक विकास, भौतिक पुर्वाधार विकास, वन विकास, सुशासन र असल न्याय र तथा कला संस्कृति अनि वैदेशिक समन्वय बिभाग गरी ६ शीर्षकमा नीति र कार्यक्रम प्रस्तुत गरिने बताउनु भयो ।
नीति र कार्यक्रममा कृषि र भौतिक विकासका काम, स्वास्थ्य, शिक्षा, रोजगारी, पनि प्राथमिकतामा पर्ने छन् ।
कोभिड-१९ को कारण स्वास्थ्य र रोजगारीमा पनि विशेष ध्यान दिन लागिएको अर्यालले बताउनु भयो । स्थानीय पाठ्यक्रममा वौद्ध शिक्षा राख्नेदेखि नगर प्रहरी भर्ना कार्यक्रम अहिलेका नयाँ कार्यक्रम रहेका छन् ।







प्रतिक्रिया