गुल्मी ।
गुल्मीमा होम क्वरेण्टीनमा बसेका एक पुरुषको बिहीबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रकोट गाउँपालिका ५ को मैनडाँडाका ६९ वर्षीय पुरुष रहेको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिनुभएको छ ।
दुई हप्ताअघि भारतको मुम्बईबाट घर फर्कनुभएका उहाँ लामो समयदेखि प्यारालाइसिसको बिरामी हुनुहुन्थ्यो । उहाँको आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि उहाँ होम क्वरेण्टीनमा बस्दै आउनुभएको थियो ।
शुक्रबार उहाँको स्वाब निकालेर परीक्षणको लागि लुम्बिनी प्रादेशिक अस्पताल भैरहवा पठाइने भएको छ । मृत्यु भएका पुरुषको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्न लागेको गाउँपालिका अध्यक्ष पन्थले जानकारी दिनुभयो ।
५ असार २०७७ शुक्रबार ००:००
0
Shares







प्रतिक्रिया