२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

असारले बर्षाको कहरः अर्घाखाँचीको मुख्य सडक अवरुद्ध, घर पहिरोले लग्यो



बिष्णु कुमार आले, अर्घाखाँची ।
शुक्रबार रातिदेखि परेको अबिरल बर्षाका कारण गोरूसिङ्गे सन्धिखर्क सडकखण्डको बिभिन्न ठाँउमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

रातिदेखि निरन्तर परेको बर्षाले सडक खण्डको सीतापुर–राजुबास नजिकै, नरपानी र जगतमा पहिरो गएपछि करिव १० घण्टा सडक अवरुद्ध भएको हो ।

बिहानै देखि ईलाका प्रहरी कार्यालय ठाडाका सहि सालीकराम खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीको पहलमा डोजरद्दारा पहिरो हटाउने प्रयास भैरहेपनि सडकमाथिबाट पहिरो खसिरहदा सडक संचालनमा आउँन सकेको छैन् ।

सडक अवरुद्ध भएपछि दर्जनौं गाडि बीच बाटोमै अलपत्र परेका छन् । काम बिषेशले हिडेका यात्रु गन्तव्यसम्म पुग्न सकेका छैनन् । सडक बिभागको डोजरले बिहानैदेखि पहिरो हटाउने प्रयास गरिरहेको छ । तर सडकको डिल भासिएसंगै एक तर्फी सडक पनि नपुग्ने भएकाले थप समस्या भएको छ ।

गएरातिबाट परेको पानी अहिले पनि अबिरल बर्षा भैरहेको छ । सडक खण्डको जगतमा पनि पहिरो हटाउने काम भैरहेको छ ।

उता शीतगंगा ४ पोखडाँडा निवासी जोग बहादुर बेल्बासे (पान बहादुर बेल्बासे ) को घर पहिरोले पुरेको छ । घर मासथबाट एक्कासी पहिरो आएको देखेपछि घरमा बस्दै आएकी ६७ बर्षिय एक महिला भागेर ज्यान बचाउन सफल भएकी छन् । घरमा भएको लत्ताकपडा, अन्नपात, नगद जिन्सी सामग्री पहिरोले घर पुरेपछि नष्ट भएको छ ।

सोहि ठाउँकै सालिकराम जिसीको घर पहिरोले पुरेपछी ज्यान जोगाउन जिसीको परिवार छिमेकीको घरमा सरेको स्थानीय बिजय पौडेलले जानकारी दिए ।

उता अमराई गोर्थुम निवासी दिपक बिकको घर पहिरोको उच्च जोखिममा परेको छ । जिल्लाको पाणिनी १ पणेना सिम्ले निवासी डोलराज गौतमको घर पनि पहिरोले परेको छ । घर माथी र घरको आगनबाट ठुलो पहिरो गएपछि गौतमको परिवार ज्यान जोगाउन अन्यत्र गएका छन् । उनीहरू छिमेकीको घरमा सहारा लिएर बसेका छन् ।

प्रकाशित मिति : ६ असार २०७७ शनिबार ००:००  २ : ५६ बजे