बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीमा ६५ जना कोरोनाका बिरामी थपिएका छन् । योसंगै जिल्लामा संक्रमितको संख्या २३९ जना पुगेको छ ।
जिल्लाको मालारानी गाउँपालिकामा ४९ जना, सन्धिखर्क नगरपालिकामा १० जना र छत्रदेव गाउँपालिकामा ६ जना कोरोनाका बिरामी थपिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख पुष्पा थापामगरले जानकारी दिईन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौमा गरिएको परिक्षणमा सन्धिखर्क नगरपालिकाका १० जना र छत्रदेव गाउँपालिकाका ६ जना गरि १६ जना र जनस्वास्थ्य प्रयोगशाला धुलिखेल काठमाडौंमा गरिएको प्रयोगशालामा ४९ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निरीक्षक गणेशराज पौडेलले बताए ।
अहिलेसम्म भूमिकास्थान नगरपालिकामा सबैभन्दा बढि संक्रमित देखिएका छन् । सबैभन्दा थोरै पाणिनी गाँउपालीकामा सक्रमित रहेका छन् ।
भुमिकास्थान नगरपालिकामा ७१ जना, मालारानी गाउँपालिकामा ६७ जना, छत्रदेव गाउँपालिकामा ६० जना, सन्धिखर्क नगरपालिकामा ३९ जना , शीतगंगा नगरपालिकामा ३७ जना र पाणिनी गाउँपालिकामा ९ जना संक्रमित गरि २३९ जना संक्रमित पुष्टि भएको छ । कोरोनाका कारण ३ जनाले ज्यान गुमाई सकेका छन् ।







प्रतिक्रिया