२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

प्युठानको एक क्वरेण्टीनमा जन्मियो शिशु



प्युठान ।
प्युठानको एक क्वरेण्टीनमा बसेकी गर्भवतीले शिशु जन्माउनुभएको छ । मल्लरानी गाउँपालिका ४ को जनजागृति माध्यामिक विद्यालयको कसेरी क्वरेण्टीनमा बस्नुभएकी १८ वर्षीया सीता खड्काले छोरालाई जन्म दिनुभएको हो ।

क्वरेण्टीनमा सुत्केरी व्यथा लागेपछि उहाँलाई प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा ल्याइएको थियो । स्वास्थ्य केन्द्रमै आज बिहान ८ बजेतिर उहाँ सुत्केरी हुनुभएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताउनुभयो ।

आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य केन्द्रले जनाएको छ । खड्काको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर लिनेरनलिने विषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताउनुभयो ।

खड्का श्रीमानसँग यही असार १ गते भारतबाट आएर क्वरेण्टीनमा बस्नुभएको थियो । (रासस)

प्रकाशित मिति : ९ असार २०७७ मंगलबार ००:००  ५ : २७ बजे