गुल्मी ।
गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीका १५ घर परिवार पहिरोका कारण बिस्थापित भएका छन् । पहिरोका कारण रातापानीका नौ र खासु गाउँका ६ घर परिवार बिस्थापित भएको वडा नम्बर ४ का वडाध्यक्ष गनुप्रसाद अधिकारीले जानकारी दिए ।
रातापानीका दलबहादुर घर्ती र धनबहादुर घर्तीको घर पहिरोले बगाएको छ। सोही ठाउँका ओमबहादुर घर्तीको गोठ बगाएको छ । यस्तै, पहिरोले मानबहादुर घर्ती, ईश्वरी घर्ती, रामबहादुर घर्ती, थम्मन घर्ती र मानबहादुर घर्ती बिस्थापित भएका वडाध्यक्ष अधिकारीले बताए ।
त्यस्तै, खासु गाउँका शिबलाल खासु र चुरामणी खासुसहितका ६ घर पहिरोका कारण बिस्थापित भएका छन् । गाउँपालिका प्रमुख लक्ष्मण विष्टले बिस्थापितको एकीकृत व्यवस्थापन गर्न थालिएको बताए ।
ठाउँको अभावमा विद्यालय र छिमेकीकोमा रहेका बिस्थापित परिवारलाई तत्काल राहत प्रदान गर्ने र प्रशाससनसँग पनि समन्वय भएकाले केही दिनभित्र एकिकृत व्यास्थापन गर्ने योजना रहेको उनको भनाइ छ ।







प्रतिक्रिया