२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

चार दिनदेखि अवरुद्ध गोरुसिंगे-सन्धिखर्क सडक खुल्यो



बिष्णु कुमार आले, अर्घाखाँची ।
अबिरल बर्षाका कारण पहिरो जाँदा बिगत चारदिन देखि अवरुद्ध भएको गोरुसिंगे–सन्धिखर्क सडकखण्ड मंगलवार अपराह्नदेखि सञ्चालनमा आएको छ । शुक्रबार रातिदेखि निरन्तर बर्षा भैरहेपछि गोरूसिङ्गे सन्धिखर्क सडकखण्डको बिभिन्न ठाउँमा पहिरो जाँदा सडक ४ दिन देखि अवरुद्ध भएको थियो ।

शीतगंगा २ सीतापुर राजुबाँस नजिकै गएको पहिरो डोजरले हटाए पनि नरपानी खाँचीखोलाको उकालोमा करिव १ सय ५० मिटर माथिबाट ठुला ठुला चट्टान सहित आएको पहिरो हटाउन चारदिन देखि दुई दुई ओटा डोजरले हटाउने प्रयास गरिरहदा मंगलबार दिउँसो पहिरो हटाएर सकिएपछि सडक संचालनमा आएको हो ।

सडकखण्डको अन्य ठाउँमा गएका सानातिना पहिरा हटाएपनि खाँचीखोलाको पहिरोको रूप ठुलो भएकाले पहिरो हटाउनै चारदिन समय लागेको हो । दिनहुँ खाँचीखोलामा पहिरो थपिएपछि सडक संचालनमा आउन समय लागेको थियो ।

सडक बन्द हुँदा बिरामी बोकेका एम्बुलेस, अन्य सवारीसाधनको आवतजावत रोकिएको थियो । सडक संचालनमा आएपछि मालबाहक गाडि र अन्य ठाँउमा उपचार गर्न जानुपर्ने बिरामी गन्तव्य तर्फ हिडेका छन् ।

काम बिषेशले हिडेकाहरू सडक बन्द हुँदा अलपत्र परेका यात्रुहरू पनि गन्तव्यमा गएका छन् । लामो समयसम्म सडक बन्द हुदा खाद्यान्न ढुवानी तथा बिकास निर्माणका सामान ओसारपसार गर्न, बिरामी ओसारपसार गर्न समस्या भएको थियो । वर्षाका कारण अधिकांश ग्रामिण सडक पनि अवरुद्ध भएका छन् । सदरमुकाम तथा पालिकाकेद्रबाट गाउँसम्म खोलिएका कच्ची सडक अवरुद्ध भएका छन् ।

लगातारको वर्षाले सन्धिखर्क नगरपालिका र पाणिनि गाउँपालिकामा २ घर बगाएको छ । जिल्ला भर ३१ घर पहिरोको उच्च जोखिममा परेका छन् । जोखिममा परेकाहरु छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । सन्धिखर्क नगरपालिका ६ को नरपानीका १२ घर, वडा नम्बर ७ को भुजुङ्गे गाउँमा ६ घर गोठ पहिरोको उच्च जोखिममा परेका छन् । यस्तै शीतंगंगा २,३ ,४ र ६ मा १६ घर उच्च जोखिममा रहेका छन् ।

मालारानी-५ मा दुईघर जोखिमा परेको छ । वडा नम्बर ४, खनका दुई घरपरिवारलाई अन्यत्र सारिएको छ । पहिरोले घरपुरेपछि बस्न योग्य नहुँदा उनीहरूलाई सुरक्षित ठाउँमा सारिएको हो ।

त्यस्तै भूमिकास्थान नगरपालिका वडा नम्बर ९, ढिकुराको एक घरलाई पनि सुरक्षित ठाउँमा सारिएको छ ।

सालझण्डी–सन्धिखर्क ढोरपाटन सडक अन्तर्गत दुर्गाखोलामा निर्माण हुदै गरेको पुल खोलाले बगाएको छ । मालारानी र सन्धिखर्कको सिमाना नौलापानीमा पीटिआर कन्स्ट्रक्सनले करिब ३ करोडको लागतमा निर्माण गर्न लागेको पुल बगाएको छ । निरन्तर भएको बर्षाले करोडौंको क्षेति गरेको छ ।

प्रकाशित मिति : ९ असार २०७७ मंगलबार ००:००  ६ : १५ बजे