बिष्णु कुमार आले, अर्घाखाँची ।
गोरूसिङगे सन्धिखर्क सडकखण्डको डोहोटेमा आज खाली ट्याङकर पल्टिदा १ जना घाईते भएका छन् । सन्धिखर्कबाट तेल छोडेर बुटवल तर्फ जादै गरेको लु १ क ३७५१ नम्बरको ट्याङकरको ब्रेकरमा समस्या आएपछि गाडि नियन्त्रण हुन नसक्दा सडकबाट करिब ४ मिटर तल पल्टिदा चालक ४१ बर्षिय धनिराम थारू घाईते भएका छन् । घाईतेको टाउकोमा चोट लागेको छ । उनको बुद्ध पोलिक्लिनिक गोरूसिङगेमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर पाउने बित्तिकै ईलाका प्रहरी कार्यालयबाट प्रहरीको घटनास्थल पुगेर उद्दार गरेको थियो ।
१० असार २०७७ बुधबार ००:००
0
Shares







प्रतिक्रिया