८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

नेकपा स्थायी समिति बैठक सुरू



काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक सुरू भएको छ।
शनिबार बालुवाटारमा सुरू भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर सहभागी भएर फर्किएका बताइएको छ।
‘आजको बैठकमा प्रधानमन्त्री एकछिन सहभागी भएर फर्किनुभयो’, स्रोतले भन्यो।
शुक्रबारको बैठकमा प्रधानमन्त्री उपस्थित थिएनन्। हिजो बैठकमा उपस्थित नभएर आलोचना भएपछि उनी आज उपस्थित भएका हुन्। बैठकमा सीमासम्बन्धी विषयमा छलफल चलिरहेको छ।
हिजो १८ सदस्यले सीमा विषयमा आफ्ना धारणा राखेका थिए। गत बुधबारदेखि स्थायी समिति बैठक सुरू भएको हो।

प्रकाशित मिति : १३ असार २०७७ शनिबार ००:००  १२ : ३७ बजे