दीपा महत, चार नम्बर ।
कपिलवस्तु उद्योग वाणिज्य संघले वित्तिय संस्था मार्फत सरकारलाई विभिन्न मागसहितको विज्ञप्ती पेश गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले गर्दा विश्व आक्रान्त भैरहेको छ । सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन गरेको छ । लामो समयको लकडाउनले विभिन्न क्षेत्र मर्कामा परेका छन् । यस्तै तीन महिना देखिको लकडाउनले उद्योगी ब्यापारी र ब्यवसायी पनि धरासायी भएका छन् ।
सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेट भाषणमा समेत उद्योगी ब्यापारी र ब्यवसायीको सल्लाहलाई कुल्चिएर राहत प्याकेज ल्याउनुको सट्टा निरुत्साहित गर्ने र कर असुल्ने बाहेकका केही कार्यक्रम ल्याउन नसकेको संघको ठहर छ ।
कोरोनाको संक्रमण बढ्दै जादा लकडाउन कहिलेसम्म रहने र यसले अर्थतन्त्रलाई कति क्षती पुर्याउने भन्नेबारे कुनै अनुमान गर्न नसक्ने संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ । यस्तो अवस्थामा उद्योगी ब्यापारी र ब्यवसायीलाई दैनिक जीवनयापनमा पनि समस्या भएको भन्दै संघले ब्यवसायीलाई राहत मिल्ने खालका विभिन्न माग राखेको छ ।
कपिलवस्तु उद्योग वाणिज्य संघले आफ्ना मागहरु सम्बोधन गर्न विभिन्न वित्तिय संस्था मार्फत सरकार संग माग गरेको हो । संघद्धारा जारी विज्ञप्तीमा ३ महिना देखीको लकडाउनका कारण आर्थिक गतिविधी शुल्य भएकाले लकडाउन अवधिभरको बैंकको सावा, ब्याज किस्तालाई पूर्ण रुपमा छुट दिन आग्रह गरेको छ भने चैत्रमासमा काटेको र बुझाएको सबै शिर्षकको ब्यजमा १० प्रतिशत छुट गर्न माग गरेको छ ।
यसैगरी कृषि तथा साना उद्योगी र ब्यवसायीहरुले समेत पाउने गरी ५ प्रतिशत ब्याजदरमा पुर्न कर्जाको ब्यवस्था हुनुपर्ने, लकडाउनको अवधिभर बैंकले प्रदान गरेको सबै शिर्षकका ऋृणहरुको बाँकी सावा ब्याज बुझाउने म्याद अवस्था सामान्य नहुँदासम्मको लागि थप्नुपर्ने, लकडाउनले लामो समयसम्म गम्भीर असर पर्ने कृषि, पर्यटन, यातायात, होटल, रिसोर्ट लगाएतका क्षेत्रको लागि विशेष सहुलियतसहित यून दरमा आगामी ५ वर्षका लागि नविकरण र किस्ता तिर्ने समय पुनरावलोकन गर्नुपर्ने लगाएतका माग राखेको छ । यदि यी मागहरु सम्बोधन भएमा नीजि क्षेत्र विस्तारै तंग्रीन सक्ने संघको ठहर छ ।
संघले आफुहरुका माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । यथास्थितीमा आफ्ना माग सुनुवाइ नभए सांकेतिक विरोध स्वरुप असार १६ गते सिठ्ठी जुलुस गर्ने, २१ गते तालाबन्दी गर्ने जनाएको छ । त्यसपछि पनि माग सुनुवाइ नभएमा थप कडा संघर्षका कार्यक्रम गर्ने पनि संघले चेतावनी दिएको छ ।
कार्यक्रम उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलको अध्यक्षता, महासचिव लक्ष्मण अधिकारीको संचालनमा भएको हो । कार्यक्रममा बैंकर्स एसोसिएसन वाणगंगाका अध्यक्ष अनुराग पाण्डे, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, निर्वतमान अध्यक्ष यज्ञ प्रसाद भट्राइले बोल्दै लामो समयको लकडाउनले ब्यापारी तथा उद्योगीहरुलाई पेट पाल्न समेत मुस्किल भएको भन्दै ब्यापारीका माग तत्काल सुनुवाइ गर्न आग्रह गर्नुभएको थियो ।
सरकारले विना आन्दोन कुनै कुराको सुनुवाइ नगर्ने भन्दै यदि माग पुरा नभए कडा संर्घषमा जाने बताउनुभएको छ । ज्ञापनपत्र बुझाउदै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष पौडेलले उद्योगी ब्यापारी मर्कामा परेको यस समयमा वित्तिय संस्थाहरुले पनि ब्यापारीलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
ब्यापारीको आन्दोलनमा प्रतिपक्ष नबनी वित्तिय संस्थाले पनि अप्रत्यक्ष रुपमा सहयोग गर्नुपर्ने उहाँको भनाई छ । वित्तिय संस्थाको सहयोग बिना आफुहरुको आन्दोलन सफल नहुने भन्दै ब्यापारीको आन्दोलनलाई सकरात्मा लिन आग्रह गर्नुभएको छ । कार्यक्रममा कार्यक्रम संयोजक छवि रेश्मीले विभिन्न माग सहितको विज्ञप्ती पढेर सुनाउनुभएको थियो ।







प्रतिक्रिया