९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार पार्टी प्रवक्ताविरुद्ध खनिए



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठमाथि आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन्।

पछिल्लो समय प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलाउन भूमिका खेलेको चर्चा चलिरहेका बेला सल्लाहकार रिमालले विधि र पद्दतिका नाममा नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्न श्रेष्ठलाई आग्रह गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा प्रवक्ता श्रेष्ठलाई मेन्सन गर्दै सल्लाहकार रिमालले चेतावनीयुक्त ट्विट लेखेका हुन्। नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका रिमालले सचिवालय सदस्य एवं पार्टी प्रवक्ता श्रेष्ठलाई पदको लाज जोगाउन आग्रह समेत गरेका छन्।

‘नारायणकाजी श्रेष्ठजी ! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘विधि र पद्दति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्!’, ट्विटरमा रिमालले लेखेका छन्।

उनले मुलुक संवेदनशील मोडमा रेहेको बताउँदै पार्टी एकताविरूद्धका कुनै पनि गतिविधि कतैबाट हुन नहुने बताएका छन्।

प्रकाशित मिति : २३ श्रावण २०७७ शुक्रबार ००:००  १२ : ४५ बजे