९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

कोरोना कहरः ब्राजिलमा मृत्यु हुनेको संख्या एक लाख नाघ्यो



एजेन्सी ।
एक लाखसम्म गन्‍न हामीलाई कति समय लाग्ला? ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ। पहिलो मृत्यु भएको १६४ दिनमा ब्राजिलमा कोरोना भाइर संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख पार गरेको हो।

युरोप कोरोनाको चपेटामा रहेका बेला ब्राजिल शान्त थियो। तर जब युरोपतिर कोरोना संक्रमण ओरालो लाग्दै गयो तब ब्राजिलमा कोरोनाले अत्याउन थाल्यो।

शुरुवामा मृत्युदर अत्यन्तै सुस्त थियो। ब्राजिलमा १२ मार्चमा कोरोनाबाट मृत्यु भएको पहिलो विवरण सार्वजनिक भएको थियो। त्यसपछि ९ मेसम्ममा त्यहाँ कोरोना संक्रमणबाट १० हजारको ज्यान गएको थियो।

त्यसपछि कोरोनाबाट मर्नेको संख्याको ग्राफ तीव्र गतिमा बढ्दै गयो। ९ मेमा मर्नेको संख्या १० हजार पुगेको एक महिनामै त्यहाँ ५० हजारले ज्यान गुमाए।

अब यही शनिबारसम्ममा ब्राजिलमा १ लाख ४ हजार ७७ ले ज्यान गुमाइसकेका छन्। ब्राजिलको साओ पाउलो भएको एक विमान दुर्घटनामा १९९ जना मारिएका थिए। यो ब्राजिलको सबैभन्दा घातक दुर्घटना थियो।

बितेका पाँच महिनायता प्रति दिन यस विमान दुर्घटनामा मारिएका मानिसभन्दा तीन गुणा धेरै कोभिड १९ महामारीका कारण ज्यान गुमाइरहेका छन्।

यदि कोरोना महामारीसँग तुलान गर्ने हो भने २६ फेब्रुअरीपछि यस्तै दुर्घटना ब्राजिलमा ५०५ पटक दोहोरिइसकेको छ। ब्राजिलमा कोरोना संक्रमणको पहिलो केस २६ फेब्रुअरीमा पुष्टि भएको थियो। यता ब्राजिलमा जस्तै भारतमा पनि कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिइरहेको छ।

हरेक दिन भारतमा ५० हजार भन्दा धेरै नयाँ केस भेटिइरहेका छन्। भारतमा कोरोनाबाट ४३ हजारको ज्यान गइसकेको छ।

प्रकाशित मिति : २६ श्रावण २०७७ सोमबार ००:००  १ : २६ बजे