८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

थप ५७ जनामा कोरोना पुष्टि



काठमाडौँ ।
पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १९३१ जनामा गरिएको परीक्षणका क्रममा ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २७ जना सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयको भनाइ छ । हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमित १४७ जना रहेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८० सोमबार ००:००  ४ : ०२ बजे