९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

बाँकेमा ब्राउन सुगरसहित दुई युवा पक्राउ



बाँके ।


बाँके प्रहरीले प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दूई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ शान्ति चोक निवासी ३२ वर्षीय राकेशकुमार लोनिया र २८ छविलाल लोनिया रहेका छन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवाश खड्काका अनुसार उनीहरूलाई गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो शान्ति चोकबाट पक्राउ गरिएको हो।

उनीहरूको साथबाट दुई ग्राम एकसय मिलिग्राम ब्राउन सुगर बरामद भएको डिएसपी खड्काले जानकारी दिएका छन्।

पक्राउ परेका दुबै जना विरुद्ध लागु औषध मुद्दा दायर गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : ३० श्रावण २०७७ शुक्रबार ००:००  ११ : १९ बजे