८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दाङमा आइतबार रातिदेखि एक हप्ता निषेधाज्ञा



दाङ ।

दाङमा आइतबार रातिदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार घोराहीमा बसेको बैठकले एक हप्ता जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आइतबार राति १२ बजेदेखि लागू हुने गरी एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको जानकारी दिए। जिल्लामा हालसम्म ७४८ जना संक्रमित फेला परेका छन्।

जिल्ला कोरोना फोकल पर्सन कमल चन्दका अनुसार त्यसमध्ये अन्य उपचारपछि घर फर्किसकेका भए पनि हाल ६९ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : १२ भदौ २०७७ शुक्रबार ००:००  ४ : ०३ बजे