८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

किरण, बाबुराम र विप्लव जिको भारी पनि मैले बोक्नु परेको छः प्रचण्ड



मायादेवी अनलाइन चार नम्बर ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूबाट छुटिट्एर गएका नेताहरुको भारी पनि आफलेू बोक्नु परेको बताउनु भएको छ ।

काठमाण्डौँमा एक टेलिभिजनसंग अन्तरवार्ता दिने क्रममा अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनको मुभमेन्टमा आफूबाट अलग भएर गएका मोहन वैद्ध किरण, डा बाबुराम भट्टराई, नेत्र विक्रम चन्द विप्लवले बोक्नु पर्ने भारी अहिले एक्लै बोक्नु परेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘जनताको न्याय र मुक्तिको लागि हिजो संगै लड्यौँ र तर आज उहाँहरु कहाँ कहाँ हुनहुन्छ ? किरण जि, बाबुराम जि, विप्लव जिले आआफ्नो बाटो रोज्नु भयो । यसले कम्युनिष्ट क्रान्ति सम्पन्न हुन्न ।’

उहाँले थप्नुभयो, बरु म त उहाँहरु पनि नेकपामा आउनुहोस् । अब मिलेर एक भएर जाऔँ । आफ्नो कारण कहिल्यै पनि फुटको स्थिति नआएको भन्दै उहाँहरु आफ्नै कारण पार्टीबाट भागेको दाहालको भनाई छ ।

पार्टीभित्र विवाद सिर्जना गराउने, फुटाउने, धोका दिने कुरा आफूमा कहिल्यै नआउने भन्दै हरेक समस्यालार्य हल गर्न जुनसुकै मुल्य चुकाउन तयार हुने आफ्नो स्वभाव रहेको समेत उहाँले बताउनु भयो ।

अहिले पनि पार्टीका जस्तासुकै विवाद मिलाउने जिम्मेवारी पनि आफ्नै काँधमा रहेको भन्दै उहाँले भन्नुभयो, बाल्यकालमा पनि साथीसंगिको झगडा मिलाउने, विवाद समाधान गर्ने भूमिकामा आफू रहेको उहाँले स्मरण गर्नुभयो ।

प्रकाशित मिति : २१ भदौ २०७७ आइतबार ००:००  ९ : ४२ बजे