८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि



काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ। हिजो सोमबार साँझ स्वाब परीक्षणको लागि ह्याम्स अस्पताल दिएकोमा आज बिहान ११ बजे आएको रिपोर्टमा पनि उनको रिपोर्ट पोजेटिभ आएको थियो।

त्यसपछि पुनः बिहान स्वाब परीक्षण गरिएको थियो। केहीबेर अघि आएको रिपोर्टमा पनि उनको नतिजा पोजेटिभ देखिएको हो।

शशांकलाई ज्वरो आएपछि स्वाब परीक्षण गरिएको हो। परिवारका अन्य सदस्य र सुरक्षाकर्मी गरी ११ जनाको स्वाब भने स्टार अस्पतालमा परीक्षणको लागि दिइएको छ। उनीहरूको रिपोर्ट आएको छैन। पछिल्लो समय विनोद चौधरीसँग पटक पटक छलफलमा रहेका कोइरालामा कोरोनाको स्रोत त्यही भएको बताइएको छ। चौधरी कोरोनामुक्त भइसकेका छन्।

कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन। उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।

प्रकाशित मिति : २३ भदौ २०७७ मंगलबार ००:००  ५ : ५७ बजे