८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

स्वास्थ्य मन्त्रालयले भन्योः सकेसम्म अब लकडाउन हुँदैन



काठमाडौँ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा अशोज ७ गते मन्त्रालयमा प्रवक्ता प्रा. डा. जोगेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार पुगे सरकारलाई फेरि लकडाउन गर्न सिफारिस गर्ने बताएका थिए।

डा. गौतमले यो भन्दै गर्दा सक्रिय संक्रमितको संख्या १८ हजार पुगेको थियो। संक्रमित संख्या २५ हजार बढी पुगे स्वास्थ्य पूर्वाधारले धान्न गाह्रो हुने उनले बताएका थिए।

बुधबार मात्रै देशभर १ हजार ५ सय ६९ जना संक्रमित थपिए। योसँगै सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ पुगेको छ। संक्रमितको संख्या अझै बढ्ने विज्ञहरु बताउँछन्।

दैनिक डिस्चार्ज हुनेको भन्दा संक्रमित हुनेको संख्या धेरै रहेको डा. गौतमले बताए। उनले, ‘डिस्चार्ज हुनेको भन्दा थपिनेको संख्या धेरै भएका कारण अहिले सक्रिय संक्रमितको संख्या २० हजार पुगेको हो।’ संक्रमितको संख्या कति पुग्यो भन्दा पनि सक्रिय संक्रमित कति छन् भन्ने कुरा महत्वपूर्ण रहने उनी बताउँछन्।

‘संक्रमितको संख्या कति पुग्यो भन्नु भन्दा पनि देशभर सक्रिय संक्रमित कति छन् भन्ने कुरा हो। अहिले लक्षण नदेखिएका व्यक्तिहरु होम आइसोलेशन बस्न थाल्नु भएको छ। लक्षण भएकालाई मात्रै अस्पताल राख्ने गरिएको छ। त्यसैले हाम्रो सेवा अनि अस्पतालले धानेसम्म हामी लकडाउन नगर्ने पक्षमा छौँ। बिरामी राख्ने ठाउँ नै भएन गाह्रो भयो भने केही ‘सोलुसन’ निकाल्नै पर्छ’, उनले भने। –देशसञ्चारबाट

प्रकाशित मिति : १५ आश्विन २०७७ बिहिबार ००:००  २ : २८ बजे