२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

आईपीएलमा आज चेन्नई र कोलकात्ता भिड्दै



एजेन्सी ।

इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आजको खेलमा चेन्नई सुपर किङ्स र कोलकात्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा युएईको अवुधाविमा हुनेछ।

चेन्नई महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको छ भने कोलकात्ताको कप्तानी दिनेश कार्तिकले गरिरहेका छन्। जारी आईपीएलमा चार खेल खेलेको कोलकात्ता चार अंक जोडेर अंकतालिकाको चौथो स्थानमा रहेको छ। पाँच खेलबाट चार अ‌ंक जोडेको चेन्नई पाँचौँ स्थानमा छ। दुबै टोली आजको खेलमा जित निकालेर अंकतालिकामा आफ्नो स्थान सुधार चाहन्छन्।

प्रकाशित मिति : २१ आश्विन २०७७ बुधबार ००:००  ३ : ०४ बजे