२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुनेको संख्या दुई महिना यताकै धेरै



एजेन्सी ।
बुधबार अमेरिकामा दुई महिना पछि धेरै संख्यामा कोरोनाका विरामी अस्पताल भर्ना भएका छन्।रोयटर्समा प्रकाशित समाचारका अनुसार बुधबार अगस्ट यता पहिलोपटक एकैदिन ४० हजारको संख्यामा कोरोनाका विरामी अस्पताल भर्ना भएका हुन्।

अमेरिकाका मध्यमश्चिमका राज्यहरूमा संक्रमित संख्या धेरै पाइएको छ। बितेका चार सातामा अस्पतालहरूमा कोरोना संक्रमित विरामीहरूको भर्नादरमा ३६ प्रतिशतको वृद्धि देखिएको छ र मध्यपश्चिमका राज्यहरूको संक्रमित संख्याले प्रतिदिन नयाँ रेकर्ड कायम गरिरहेका छन्।

अक्टुबरसम्म १६ अमेरिकी राज्यले कोरोनाको दैनिक वृद्धिमा नयाँ रेकर्ड बनाएको तथ्यांक सार्वजनिक भएको छ। आयोवा, कन्सास, मिसौरी, नेब्रास्का, उत्तर डकोटा, दक्षिण डकोटा र विस्का‘न्सिन लगायतका राज्यमा वृद्धिदर उच्च पाइएको रोयटर्सको समाचारमा उल्लेख छ।

शुक्रबार अमेरिकामा ६९ हजार ४ सय ७८ जना नयाँ संक्रमित फेला परेका थिए। यो संख्या जुलाई यताकै पाँचौ ठूलो संख्या हो। विरामी बढेसँगै केही अमेरिकी राज्यले बढिरहेको संक्रमणको सम्बोधनका लागि उपलब्ध स्वास्थ्य श्रोत प्रयाप्त नहुने चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति : ६ कार्तिक २०७७ बिहिबार ००:००  ८ : ३३ बजे