८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

गुल्मीमा वडा अध्यक्ष सहित १२ जुवाडे पक्राउ



बुटवल ।

गुल्मीमा वडा अध्यक्ष सहित १२ जना जुवाडे पक्राउ परेका छन । गुल्मीको रेसुङगा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन पाण्डे, निर्माण व्यवसायी राजु पाण्डे सहित १२ जनालाई जुवाको खालबाट पक्राउ गरिएको हो ।

वडा अध्यक्ष पाण्डे युवा संघ गुल्मीका संयोजक समेत हुन् । रेसुङगा नगरपालिका वडा नं. ८ तम्घास स्थित एभरग्रीन होटलबाट उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए।

होटलमा जुवा खेलिरहेको सुराकीको आधारमा उनिहरुलाई सोमबार राती पक्राउ गरिएको हो। उनीहरूको साथबाट ७० हजार नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ गरिएका सबै रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाका भएको रावलले बताए। यद्धपी उनले जुवाडेहरुको विस्तृत विवरण भने बताउन चाहेनन्।

प्रकाशित मिति : ११ कार्तिक २०७७ मंगलबार ००:००  ११ : ५५ बजे