८ असार २०८३, सोमबार | Mon Jun 22 2026

देउसी–भैलो खेल्न पाल्पामा लाग्यो प्रतिबन्ध



पाल्पा ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले यस वर्ष देउसी-भैलो खेल्न प्रतिवन्ध लगाएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले एक सूचना जारी गरी देउसी भैलोमा प्रतिवन्ध लगाएको जनाएका छन् ।

यस्तै प्रशासन कार्यालय पाल्पाले भोज भतेर नगर्न र यस वर्षको चाडमा जो जहाँ छौ त्यहि बसी मनाउन जिल्लाबासीहरुसँग अनुरोध गरेको छ ।

प्रशासन पाल्पाले चार्डपर्व मनाउने क्रममा भूईचम्पा तथा पटका पड्काउने, आतवासी गर्ने जस्ता कार्यहरुबाट जनस्वास्थ्य तथा शान्ति सुरक्षामा असर पर्ने भन्दै त्यस्ता बिस्फोटक तथा प्रज्वलनशील पदार्थहरुको खरिद, बिक्रीवितरण तथा ओसारपोसार नर्गन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७ मंगलबार ००:००  ६ : २४ बजे