७ असार २०८३, आइतबार | Sun Jun 21 2026

पाल्पामा ८४ वर्षीय थप एक कोरोना संक्रमितको मृत्यु



पाल्पा ।

पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रामपुर नगरपालिका १० का ८४ वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। ती पुरूषको उपचार क्रममा सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको छ। उनको आइतबार साँझ मृत्यु भएको हो।

स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो। यससँगै पाल्पामा कोरोनाले मृत्यु हुनेको संख्या २१ पुगेको छ।

प्रकाशित मिति : ९ मंसिर २०७७ मंगलबार ००:००  ४ : ४० बजे