२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

बुटवल–पाल्पा सडक दैनिक ४ घण्टा बन्द



बुटवल ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पा सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ। झुम्सा–दोभान खण्डमा सडक कालोपत्रे गर्ने भएपछि आइतबारदेखि मंसिर १८ गतेसम्म दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।

बिहान १०ः३० देखि १२ः३० बजेसम्म र दिउँसो २ देखि ४ बजेसम्म सवारी आवागमन बन्द गरिने डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए। ती समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत सञ्चालन हुनेछन्। घुम्तीका कारण अत्यधिक दुर्घटना भएपछि सडक डिभिजनले घुम्ती काट्ने र खाल्डाखुल्डी पुर्ने, कालोपत्रे गर्ने कामलाई बढाएको छ।

प्रकाशित मिति : १३ मंसिर २०७७ शनिबार ००:००  १ : २३ बजे