२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

कपिलवस्तुका २ सय बढी मोतियाबिन्दुरोगीको निशुल्क अप्रेसन गर्ने अभियान सुरु



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुमा बुहत निःशुल्क आँखा शिबिर सुरु भएको छ। लिडो नेपालको आयोजना, आँखा अस्पताल तौलिहवाको प्राबिधिक सहयोग तथा कतार च्यारिटीको आर्थिक सहयोगमा सो शिबिर सोमवारबाट सुरु भएको हो। सोही कार्यक्रम अन्तर्गत सोमवार मायादेबी गाउँपालिका–२ पकडी स्वास्थ्य चौकीमा सोमवार शिबिर सम्पन्न भएको छ।

शिबिरमा ३ सय ७ जनाको आँखा जाँच भएको तौलिहवा आँखा अस्पतालका ब्यवस्थापक प्रशान्त कार्कीले बताए। त्यसमध्ये १ सय ५ जना मोतियाबिन्दुका रोगी फेला परेको उनले बताए। शिबिरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो।

मोतियाबिन्दुका बिरामीको तौलिहवा आँखा अस्पतालमा निःशुल्क अप्रेसन गरी चश्मा समेत दिइने छ। शिबिरको लिडोका अध्यक्ष तथा सांसद अतहर कमाल र मायादेबी गाउँपालिका प्रमुख बजरंगी चौधरीले संयुक्त रुपमा शुभारम्भ गरेका थिए।

आँखा शिविरबाट २ सय बढी मोतियाविन्दु रोगीको निशुल्क अप्रेसन गरिने सांसद कमालले बताउनु भयो । निःशुल्क अप्रेसन हुने भएपछि मोतियाबिन्दुका बिरामी खुसी भएका छन्।यो एक अभियान नै भएकाले जतिसक्दो नजिकका शिविरमा आएर फाइदा लिन सांसद कमालले सर्वसाधारणलाई आग्रह गर्नु भयो ।

अभियान अन्तर्गत मंसिर १७ गते बाणगंगा नगरपालिकाको चारनम्बर जितपुर स्थित सामुदायिक अस्पताल र मंसिर १९ गते बुद्धभुमी नगरपालिकाको गोरुसिंगे स्थित गौतमबुद्ध उमाबिमा हुने लिडो संस्थाकी सदस्य तथा ब्यवस्थापक सुनिता बेल्बासेले बताउनु भयो ।

आँखाका रोगीहरुलाई लक्षित गरी यस वर्ष पनि जिल्लामा आँखा शिबिर गरिएको अध्यक्ष कमालले जानकारी दिनुभयो । शिबिरमा भेटिएका मोतियाबिन्दुका बिरामीहलाई अप्रेसनको सेवा निःशुल्क उपलब्ध गराइने जानकारी दिनुभयो ।

शिबिर पालिकाहरुको समन्वयमा गरिएको हो। कतार च्यारिटीको सहयोमगा लिडोले कपिलवस्तु र रुपन्देहीका बिभिन्न स्थानमा गरिब र बिपन्नहरुलाई लक्षित गरी बिभिन्न सामाजिक र आयमुलक काममा सहयोग गर्दै आएको छ।

प्रकाशित मिति : १६ मंसिर २०७७ मंगलबार ००:००  ६ : १३ बजे