७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

तीन दिनदेखि बेपत्ता पुरुष खोलामा मृत फेला



बिष्णु कुमार आले, अर्घाखाँची ।

तीन दिनदेखि बेपत्ता सन्धिखर्क नगरपालिका–१ हस्पिटल लाइनका ५५ वर्षीय लक्ष्मण न्यौपाने मृत फेला परेका छन्। उनको शव बाँगी खोलाको सोन्ठेमा फेला परेको प्रहरीले जनाएको छ।

न्यौपाने आइतबारर दिउँसो ४ बजे घरबाट निस्किएका थिए। घरबाट निस्किएर बेपत्ता भएका उनको खोजी गर्दा बाँगी खोलामा पानीमा डुबिरहेको अवस्थामा प्रहरीले शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनारायण गुप्ताले बताए।

प्रकाशित मिति : १६ मंसिर २०७७ मंगलबार ००:००  १२ : ४६ बजे